दफा १८
इजाजतपत्र प्रदान गर्ने कार्यविधि
(१) दफा १६ बमोजिमको निवेदन प्राप्त हुन आएमा नियन्त्रकले निवेदकको योग्यता र तोकिए बमोजिमको वित्तीय तथा भौतिक स्रोत, जनशक्ति तथा अन्य सुविधाहरु निवेदकसँग भए नभएको र निवेदकले पेश गरेका कागजात तथा विवरणहरु उपर समेत विचार गरी निजलाई इजाजतपत्र प्रदान गर्ने वा नगर्ने सम्बन्धमा निवेदन दर्ता भएको दुई महिनाभित्र निर्णय गरी सोको सूचना निजलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा निर्णय गर्दा नियन्त्रकले निवेदकसँग भएको सुविधा, वित्तीय तथा भौतिक स्रोतहरुको निरीक्षण गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम निवेदकलाई इजाजतपत्र प्रदान गर्ने गरी नियन्त्रकले निर्णय गरेमा इजाजतपत्रको बहाली अवधि र निवेदकले पालना गर्नु पर्ने शर्तहरु समेत उल्लेख गरी तोकिए बमोजिमको ढाँचामा निवेदकलाई इजाजतपत्र प्रदान गर्नु पर्नेछ ।
(४) इजाजतपत्र प्रदान गर्ने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।